बाह्रदशीमा हत्या गरी गाडिएको कंकाल फेला, अनुसन्धानमा छिमेकी परिवारको संलग्नता

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन २०, २०८१

विराटनगर /बाह्रदशी–५ फूलवारीका २२ वर्षीय राजेश ठाकुरको हत्या गरी गाडिएको कंकाल चार दिनको खोजीपछि आइतबार साँझ बिरिङ खोलाको बगरमा फेला परेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले दिएको जानकारी अनुसार टाउकोको हड्डी, खुट्टाको नली हड्डी, र शरीरको अस्थिपंजर मात्र बाँकी रहेको अवस्थामा शव भेटिएको हो।

राजेश ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट हत्या पछि घर आँगनमा गाडिएको शंका गर्दै उत्खनन गरेको थियो, तर शव फेला नपरेपछि थप अनुसन्धानबाट सही स्थानमा शव गाडिएको पत्ता लाग्यो।

घटनामा छिमेकी राजवंशी परिवार संलग्न रहेको आरोपमा मुनालगायत चार जनालाई पक्राउ गरिएको छ भने मुख्य आरोपी गणेश राजवंशी विदेशमा रहेका कारण उनलाई नेपाल झिकाउने प्रक्रिया भइरहेको छ। अवैध सम्बन्धलाई हत्या को कारण मानिए पनि अनुसन्धान जारी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]