अमरदहको जिर्ण सडकमा कालोपत्रे

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २१, २०८१

सुनवर्षी/ सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले नगरवासीसँग गरेको बाचा पूरा गर्दै अमरदहको जिर्ण सडकलाई कालोपत्रे गरेका छन्। दशैँसम्म सडक पिच गरिसक्ने प्रतिवद्धता गरेका मेयर राजवंशीले आफ्नो वचनअनुसार सडक निर्माण कार्य सम्पन्न गरेका हुन्।

अमरदह बजारको सडक लामो समयदेखि जीर्ण बनेर स्थानीय बासिन्दालाई सास्ती हुँदै आएको थियो। खाल्डाखुल्डी, हिलो, र धुलोले भरिएको सडकले स्थानीयको दैनिक जीवनमा कठिनाइ पुर्याउँदै आएको थियो। नगरवासीहरूले कालोपत्रे सडकको माग गर्दै आएपछि मेयर राजवंशीले दशैँसम्म कुनै हालतमा सडक पिच गराउने प्रतिवद्धता व्यक्त गरेका थिए। सोहीअनुसार, द्रुत गतिमा निर्माण कार्य सम्पन्न गर्दै अमरदहको सडक कालोपत्रे बनाइएको छ।

मेयर राजवंशीको सक्रिय पहलमा निर्माण भएको सडकले स्थानीयवासीलाई ठूलो राहत मिलेको छ। सडक पिच भएपछि स्थानीयवासी हर्षित भएका छन्। एक स्थानीयले भने, “मेयर सापले दशैँसम्म सडक पिच गर्छु भनेर सार्वजनिक रूपमा प्रतिवद्धता गर्नुभएको थियो, उहाँले आफ्नो बाचा पूरा गर्नुभयो, हामी निकै खुशी छौँ।”

मेयर राजवंशीले आइतबार वडा नम्बर ३ का वडाध्यक्ष अतनकुमार बुढाथोकी, वडा नम्बर ६ का वडाध्यक्ष कमल मोक्तान, र वडा नम्बर २ का वडाध्यक्ष विनोद राजवंशीसहित सडकको अनुगमनसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]