

विराटनगर / ६९ औं प्रहरी दिवस २०८१ को उपलक्ष्यमा मिति २०८१ असोज २१ गते, विराटनगरस्थित प्रहरी केन्द्रको बाधापार एरियामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अबि नारायण काफ्ले प्रमुख अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रमको उद्घाटन काफ्लेले नै गरेका थिए, जहाँ केन्द्रका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, र कार्यरत प्रशिक्षक वर्गहरू पनि सहभागी भएका थिए।
वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति प्रहरीको प्रतिबद्धता जनाउनुका साथै हरियाली प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो। कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपेर प्रहरी दिवसलाई विशेष ढंगले मनाइएको छ।