बुढीगंगामा पहिलो राष्ट्रिय हाफ म्याराथन र सांस्कृतिक कार्यक्रम कार्तिक १० मा हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २१, २०८१

विराटनगर/कोशी प्रदेशको विराटनगर छेउको बुढीगंगा गाउँपालिकामा कार्तिक १० गते “प्रथम बुढीगंगा राष्ट्रिय हाफ म्याराथन” प्रतियोगिता र “सांस्कृतिक साँझ” हुने भएको छ। लाइन्स क्लब अफ टकिसिनवारी ग्रिनसिटीका अध्यक्ष लायनखेमराज भट्टराईले नेपाल पत्रकार महासंघ मोरंग शाखामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्।

२१ किलोमिटरको खुला म्याराथन दौडमा महिला र पुरुष धावकहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख १ हजारसहित मेडल र प्रमाणपत्र दिइनेछ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः ५१ हजार, ३१ हजार, २१ हजार र ११ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

४० वर्षमाथिका पुरुष र ३५ वर्षमाथिका महिलाहरूबीचको भेट्रान म्याराथन पनि आयोजना हुनेछ, जसमा ५ किलोमिटर दुरीको दौड हुनेछ। प्रथम हुनेले २५ हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिनेछ।

बालबालिकाका लागि पनि ५ किलोमिटर दुरीको म्याराथनमा पुरस्कारको व्यवस्था गरिएको छ। १४ वर्ष मुनिका बालबालिकाहरू सहभागी हुने यस दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार नगदसहित मेडल र प्रमाणपत्र दिइनेछ।

प्रतियोगिता बुढीगंगाको टंकिसिनवारीबाट सुरु भई विभिन्न स्थान हुँदै २१ किलोमिटर दुरी तय गरी सम्पन्न हुनेछ। ५ किलोमिटरको म्याराथन भने टकिसिनवारीबाट सुरु भएर पुनः त्यहीँ फर्कनेछ। पुरस्कार वितरण साँझ ४ बजे टंकीसिनवारीस्थित नरग्राम माध्यमिक विद्यालयको प्रांगणमा गरिनेछ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत नेपालका चर्चित कलाकारहरू MT8848 व्याण्ड, हास्यगायक श्रीकृष्ण लुइँटेल ‘बोकेदारी’, डान्सर समीक्षा थापा मगर, ओलम्पियन वैकुण्ठ मानन्धर र सन्तोषी श्रेष्ठको उपस्थिति रहनेछ। कार्यक्रमको अनुमानित खर्च ४५ लाख रहेको आयोजकले जनाएको छ, जसमा गाउँपालिका र विराट टिचिङ हस्पिटलको सहयोग रहनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]