दुहबीमा पहिलो पटक त्रिकाल झाकी

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित बिहिबार, आश्विन २४, २०८१

दुहबी  /सुनसरीको दुहबी नगरपालिका वडा न.६ पुरानो दुहबी बजारमा रहेको  ऐतिहासिक श्रीदुर्गाकालि मन्दिर दशै तथा पुजा  महोत्सवको फुलपातिको अवसरमा त्रिकाल झाकी निकालिएको छ ।

भारत विहार पंकज मतवाला समुहका कलाकारहरुले शिव तान्डप ,भुत पिंचास अघोरी तान्डव ,काली माता ,राधाकृष्ण ,महावीर हनुमान वनेर दर्शकहरु लाई मोहित पारेका थिए ।दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा प्रत्येक वर्ष मनाउदै आएको दशै तथा पुजा मेला महोत्सव यस वर्ष पनि मनाउनका लागी हरेक वर्ष केही नकेहि नयापन दिने गरेको पुजा तथा  मेला महोत्सवका अध्यक्ष मनिस रौनियारले बताए ।

त्यसैगरी दुहबी नगरपालिका वडा न.६ का अध्यक्ष घनश्याम कुमार हलुवाईको अनुसार  दुहबीमा लगातार वर्षदेखी भव्यक्ताका साथ मनाउदै आएको दशै तथा पुजा मेला मोहत्सव यस वर्ष पनि लाखौं भक्तजनहरुलाई सहभागी गराई पुजा मेला महोत्सव सुसम्पन्न गर्ने बिश्वास समेत जाहेर गरे यसपटक त्रिकाल झाकिले दुहबीवासीको हर्षित पारेका छन ।

दशै पुजा मेला  महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागी ५१ जनाको  पुजा तथा मेला मूल समिती, ११ जनाको सल्लाहकार समिति र ९ वटा उपसमितिहरु बनाएका छन्  ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]