बीपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन २५, २०८१

विराटनगर/बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्गमा शुक्रबारदेखि सवारी साधन सञ्चालनमा आउने भएको छ। निर्माण र मर्मत कार्य अन्तिम चरणमा पुगेको भन्दै भौतिक पूर्वाधार मन्त्रालयले शुक्रबार बिहान १० बजेदेखि सवारी साधन सञ्चालनको तयारी गरिएको जनाएको छ।

यस निर्णयले दसैँको अवसरमा यात्रा गर्ने यात्रुहरूलाई सहज हुने अपेक्षा गरिएको छ। साथै, वैकल्पिक मार्गहरूमा देखिएको सवारी चाप र जोखिमसमेत कम हुनेछ। मर्मतका क्रममा विभिन्न ठाउँमा कल्भर्ट निर्माण गरिएको छ भने, खोला आसपास ‘डाइभर्सन’ गरी सवारी सञ्चालन गरिनेछ।

सुनकोशी र रोशी खोलाको बाढी तथा पहिरोका कारण नेपालथोक–खुर्काेट सडकखण्डमा धेरै ठाउँमा क्षति पुगेको थियो। यद्यपि, निरन्तर मर्मतपछि शुक्रवारदेखि राजमार्ग सञ्चालनमा आउने तयारी भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]