यस वर्षको मनसुन पूर्णरूपमा बाहिरियो

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन २६, २०८१

विराटनगर /यस वर्षको मनसुन आजदेखि पूर्णरूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन यही असोज २० गतेदेखि देशका केही भागबाट बाहिरिन थालेको थियो भने आजबाट बाँकी बागमती, मधेस र कोशी प्रदेशबाट पनि पूर्णरूपमा बाहिरिएको हो।

विभागले आज अपराह्न एक सूचना जारी गर्दै मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, काठमाडौं उपत्यका, बागमती, मधेस र कोशी प्रदेश सबै क्षेत्रबाट बाहिरिएको जानकारी दिएको छ। यसअघि, असोज २० गते सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही भागबाट, तथा असोज २२ गते कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट मनसुन पूर्णरूपमा बाहिरिएको थियो।

यस वर्षको मनसुन जेठ २८ गते भित्रिएको थियो, जुन सामान्यत: केही ढिला भएको मानिन्छ। मनसुन चार दिन ढिला गरी बाहिरिन सुरु भएको थियो र आज, छ दिनपछि देशभरबाट मनसुन समाप्त भएको विभागले जनाएको छ।

मौसमविद्हरूका अनुसार यस वर्षको मनसुनले कृषिमा मिश्रित असर पारेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]