यस वर्षको मनसुन पूर्णरूपमा बाहिरियो

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन २६, २०८१

विराटनगर /यस वर्षको मनसुन आजदेखि पूर्णरूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन यही असोज २० गतेदेखि देशका केही भागबाट बाहिरिन थालेको थियो भने आजबाट बाँकी बागमती, मधेस र कोशी प्रदेशबाट पनि पूर्णरूपमा बाहिरिएको हो।

विभागले आज अपराह्न एक सूचना जारी गर्दै मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, काठमाडौं उपत्यका, बागमती, मधेस र कोशी प्रदेश सबै क्षेत्रबाट बाहिरिएको जानकारी दिएको छ। यसअघि, असोज २० गते सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही भागबाट, तथा असोज २२ गते कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट मनसुन पूर्णरूपमा बाहिरिएको थियो।

यस वर्षको मनसुन जेठ २८ गते भित्रिएको थियो, जुन सामान्यत: केही ढिला भएको मानिन्छ। मनसुन चार दिन ढिला गरी बाहिरिन सुरु भएको थियो र आज, छ दिनपछि देशभरबाट मनसुन समाप्त भएको विभागले जनाएको छ।

मौसमविद्हरूका अनुसार यस वर्षको मनसुनले कृषिमा मिश्रित असर पारेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]