सुनवर्षीको अमरदह बजारमा बडादशैं २०८१ मा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न, गायक श्रीकृष्ण लुइटेलको धमाकेदार प्रस्तुति

Logo
सरिता कर्मकार प्रकाशित आइतबार, आश्विन २७, २०८१

सुनवर्षी/मोरङ्गको सुनवर्षी नगरपालिका वडा नं. २, अमरदह बजारमा बडादशैं २०८१ को अवसरमा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा गायक श्रीकृष्ण लुइटेलले आफ्नो सांगीतिक प्रस्तुतिले धमाका मच्चाएका छन्। स्थानीय वासिन्दाका रूपमा लुइटेलले आफ्नो गाउँमा प्रस्तुति दिन पाउँदा गर्व महसुस भएको बताएका छन्। उनले मुखमा हान्दिउ जस्तो, तेरो बाउ थोते लगायत उनको अन्य लोकप्रिय गितहरु प्रस्तुत गरेर सुनवर्षीवासीलाई छमछमी नचाएका छन्।

यो सांस्कृतिक कार्यक्रम अमरदह युवा क्लबको आयोजनामा सम्पन्न भएको थियो, जसमा नेपाली सांगीतिक जगतका चर्चित गायिका एन्जिला रेग्मीले पनि आफ्नो उपस्थिति जनाईन्। रेग्मीको आकर्षक प्रस्तुति कार्यक्रममा विशेष आकर्षण बन्यो भने, स्थानीय कलाकारहरूले पनि आफ्नो कला प्रदर्शन गर्दै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाए।

कार्यक्रमको प्रमुख अतिथि सुनवर्षी नगरपालिकाका मेयर श्याम राजबंशी रहेका थिए। उनीसँगै अन्य स्थानिय नेताहरूको पनि कार्यक्रममा उपस्थिति थियो।

कार्यक्रम अमरदहको मुख्य बजारमा आयोजना गरिएको थियो, जहाँ हजारौं मानिसहरूले उत्साहका साथ सहभागिता जनाएका थिए। उपस्थित दर्शकहरूको ऊर्जा र उत्साहले कार्यक्रमलाई अझै रोमाञ्चक बनाएको थियो। कार्यक्रममा गायन सँगै नाचगानको समेत प्रस्तुती भएको थियो।

यस प्रकारका सांस्कृतिक कार्यक्रमहरूले स्थानीय प्रतिभाहरूलाई मञ्च प्रदान गर्दै स्थानीय कला र संस्कृति संरक्षणमा पनि योगदान पुर्‍याउने आयोजकहरूको भनाइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]