झापामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २८, २०८१

झापा/ झापाको कमल गाउँपालिका–४, अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दुर्घटना गएराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई भएको हो।

दुर्घटनामा परी शिवसताक्षी नगरपालिका–८ का ३३ वर्षीय अनिलकुमार लिम्बु र सोही ठाउँका २० वर्षीय सोमराज लिम्बु गम्भीर घाइते भएका थिए। घाइते दुवैजनालाई तत्काल उपचारका लागि दमक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

मोटरसाइकललाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]