विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २८, २०८१

विराटनगर/सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको नेपाल एपीएफ अस्पताल बलम्बुमा असोज २८ गते निधन भएको छ। विपद् व्यवस्थापनका लागि खटिएका बडुवाललाई ज्वरो लगायतका स्वास्थ्य समस्याहरू देखिएपछि असोज २६ गते अस्पतालमा भर्ना गरिएको थियो, तर उपचारका क्रममा उनको सोमबार बिहान निधन भएको हो।

२०६० सालमा सशस्त्र प्रहरी सहायक निरीक्षकका रूपमा सेवा प्रवेश गरेका बडुवाल बर्दिया जिल्लाका स्थायी बासिन्दा थिए। उनी हाल काभ्रे जिल्लाको पनौती नगरपालिका–५ आइटी पार्कमा सशस्त्र प्रहरी बलद्वारा स्थापना गरिएको मनसुनजन्य विपद् व्यवस्थापनमा खटिएका थिए। उनका कमान्डमा असोज ११ गतेदेखि आएको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न स्थानमा उद्दार कार्य भइरहेको थियो।

बडुवालको योगदानलाई सम्मान गर्दै आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। उनी संगठनमा मिजासिला, हँसिला, र जिम्मेवार अधिकृतका रूपमा परिचित थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]