भद्रपुरमा ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित भारतीय बाबु-छोरा पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, आश्विन २९, २०८१

विराटनगर/ झापाको भद्रपुरमा ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित एक भारतीय बाबु र छोरालाई प्रहरीले पक्राउ गरेको छ। हिजो दिउँसो १:३० बजे भद्रपुर-५, बसपार्कमा रहेको न्यू बान्तवा होटलबाट भारत विहारको किसनगञ्ज जिल्ला, ठाकुरगञ्ज पंचायत, उर्दु कोलोनी-८ निवासी ३८ वर्षीय जमकोद खान र उनका १८ वर्षीय छोरा आयान खान पक्राउ परेका हुन्।

उनीहरुको साथबाट प्लास्टिकमा राखिएको ५८ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले होटलमा पुगेर बाबु र छोराको शरीर तलासी गरेको थियो।

पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]