जंगली हात्तीले झापाको जयपुर बोर्डिङ स्कुलको भवन भत्काए

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित बुधबार, आश्विन ३०, २०८१

झापा/झापाको बुद्धशान्ति–२ स्थित जयपुर बोर्डिङ स्कुलमा जंगली हात्तीको समूहले भवनमा ठूलो क्षति पुर्याएको छ। करिब चार–पाँच वटाको समूहमा आएका हात्तीले विद्यालयको छानो, पर्खाल र पिलर भत्काइदिएका छन्।

विद्यालय सञ्चालक सन्तोष भण्डारीका अनुसार, राति करिब ९ बजेतिर हात्तीहरू विद्यालय परिसरमा प्रवेश गरी भवन भत्काउन थालेका थिए। हात्तीको आक्रमणबाट विद्यालय भवनमा ठूलो क्षति पुगेको छ, जसले गर्दा शैक्षिक गतिविधिमा समेत असर पर्ने सम्भावना छ।

हात्तीको आक्रमणले स्थानीयवासीमा त्रास फैलिएको छ र विद्यालय प्रशासनले आवश्यक कदम चाल्न अपिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]