विराटनगरमा माछापुच्छ्रे बचत सहकारीमा ९ करोड हिनामिनाको आरोप, अध्यक्षसहित १०९ जनाविरुद्ध मुद्दा दायर

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

विराटनगर / माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको ९ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष अमलेश कर्णसहित १०९ जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीका उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, कोषाध्यक्ष सोमी भगत र सञ्चालक प्रभाकर थापासहितका पदाधिकारी तथा ८८ ऋणीलाई प्रतिवादी बनाएको हो।

प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना भएको पाइएको थियो भने प्रहरी अनुसन्धानका क्रममा ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखिएको छ।

प्रहरीमा १०३ जना बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ फिर्ताको माग गर्दै निवेदन दिएका छन्। अभियोग पत्रमा सहकारीले १८३ जनालाई ६ करोड ३४ लाख ७६ हजार २२६ रुपैयाँ ऋण दिएको तर केही ऋणीहरूले ऋण नतिरेको विवरण छ, जसका कारण उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ।

सहकारीका अध्यक्ष कर्ण पक्राउ परेका छन् भने अन्य २१ जना पदाधिकारीहरू फरार रहेको बताइएको छ। कर्णले संस्थाका अन्य पदाधिकारीहरूजस्तै प्रभाकर थापा, अमित कार्की, र गोपाल ढकाल लगायतले नियमविपरित ऋण लिएको बयान दिएका छन्।

अहिले यो प्रकरणमा थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]