दुहबीमा छठ पुजा समिति गठन

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित शनिबार, कार्तिक ०३, २०८१

दुहबी / सुनसरीको दुहवीमा छठ पूजा समिति गठन गरिएको छ। दुहवी स्थित शिव मन्दिरको परिसरमा शनिवार सम्पन्न स्थानीयको भेलाले आगामी छठ पूजाको लागि नयाँ कार्य समिति चयन गरेको हो। स्थानीयको भेलाले अरुण कुमार हलुवाईको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गरेको छ।

समितिको  बरिस्ठउपाध्यक्षमा राकेश डाँगी उपाध्यक्ष रानु हलुवाई, शम्भु हलुवाई, बुद्ध रौनियार , सचिवमा ऋषि कुमार साह सहसचिव नविन रौनियार , कोषाध्यक्षमा चन्दन बैठा र सहकोषाअध्यक्ष जीवन लुइँटेल  रहेका छन सदस्यहरुमा सन्तु हलुवाई ,रामाशंकर हलुवाई ,गोपि यादब ,जीवन हलुवाई , शिवा हलुवाई र सजिप गुप्ता रहेका छन । दुहवी स्थित बुढी खोला किनारमा छठ पर्व मनाउने श्रद्धालुका लागि कुनै असुविधा हुन नदिन समितिले आवश्यक कामको थालनी गरेको जनाइएको छ। छठ पूजा यहि कात्तिक  २२ गते र २३ गते परेको छ। प्रेम र सद्भावको प्रतिकको रुपमा रहेको यो पर्व उदाउदो सूर्यलाई अर्घ दिएपछि सुरु हुने र भोलिपल्ट अस्ताउदो सूर्य देव भगवान लाई अर्घ दिए सगे समापन हुने गर्छ। दुहबीको बुढि नदी किनारमा हरेक वर्ष हजारो श्रद्धालु भेला भई सूर्य भगवानको पूजापाठ गर्ने गरेका छन् ।

यस्ते  सल्लाहकार समितिमा दुहबी नगरपालिका वडा न.६  घनश्याम हलुवाई र  नम्बर ५ का अध्यक्ष रमेश रोनियार, छठ पुजाका पुर्व अध्यक्षहरु,रन्जित गोश्वामी, पत्रकार चन्दन रोनियार, इप्रका दुहबी, सशस्त्र प्रहरी वल दुहवी, अस्थायी ट्राफिक प्रहरी दुहबी , खानेपानी उपभोक्ता समिति  दुहबी र रेडक्रस शाखा दुहबी छठ पूजा २०८१ का सचिव ऋषि कुमार साहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]