झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, कार्तिक ०३, २०८१

विराटनगर/ झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बस पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा सोही दिशामा रहेको १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मोरङ केराबारीका अन्दाजी ५५ वर्षीय पदम कुकारूम राईको घटनास्थलमै मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले बसमाथि आगजनी गरेका छन्। बस चालक ३५ वर्षीय सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जानकारी डिएसपी कृष्णकुमार चन्दले दिएका छन्।

यस घटनाले स्थानीयस्तरमा त्रासको वातावरण सिर्जना गरेको छ भने प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]