

विराटनगर/३० औं राष्ट्रिय कन्डम दिवस २०८१, स्वास्थ्य कार्यालय मोरङको आयोजनामा विराटनगरस्थित बसपार्कमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब १५० देखि २०० जनासम्मलाई कन्डम तथा सेल्फ टेस्ट किटहरू वितरण गरिएको थियो। यस कार्यक्रमको उद्देश्य जनचेतना अभिवृद्धि गर्दै यौनरोगबाट बच्नका लागि सुरक्षित यौन व्यवहारलाई प्रोत्साहन गर्नु रहेको छ।
कार्यक्रममा कोशी अस्पतालको आर्ट सेन्टर, AHF NEPAL, आम्दा नेपाल, परिवर्तनशील समाज र स्थानीय प्रहरीको विशेष उपस्थिति रहेको थियो। विभिन्न सरोकारवाला संस्थाहरूको सहभागिताले कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी बनाएको थियो।
स्वास्थ्य कार्यालय मोरङका प्रतिनिधिहरूले सुरक्षित यौन व्यवहार र यसको महत्त्वबारे जनतालाई जानकारी गराउँदै, यस्ता दिवसहरूले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।