दुर्घटना गराउने चालकलाई नियन्त्रणमा लिन प्रहरीले आनाकानी, पीडित परिवारको गुनासो

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, कार्तिक ०३, २०८१

विराटनगर/इलाका प्रहरी कार्यालय रंगेलीले मोटरसाइकल दुर्घटनामा संलग्न चालक र सवारी साधनलाई साता दिन बितिसक्दा समेत नियन्त्रणमा नलिएपछि पीडित परिवारले बिहीबार उजुरी दिएका छन्। रंगेली नगरपालिका ७ का ५० वर्षीय देवमणि कटुवाललाई असोज २४ गते साँझ ६:३० बजे रंगेली-८ दर्वेशा चोक नजिकै बजाज कम्पनीको नीलो पल्सर मोटरसाइकलले ठक्कर दिएको थियो। उजुरीमा उल्लेख भए अनुसार मोटरसाइकल ४३ वर्षीय माधब राजबंशीले चलाएका थिए।

पीडित परिवारले ठक्कर दिने चालक र सवारी साधनलाई नियन्त्रणमा लिन पटक-पटक आग्रह गर्दा पनि प्रहरीले कुनै सुनवाइ नगरेको गुनासो गर्दै सवारी अंगभंगसम्बन्धी मुद्दा दायर गरेका छन्। कटुवाललाई गम्भीर चोटपटक लागेर विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ। विशेष गरी उनको टाउको, छाती, र खुट्टामा गहिरो चोट लागेको बताइएको छ।

पीडित परिवारले प्रहरीमाथि दुर्घटनामा संलग्न व्यक्तिलाई भगाउन मद्दत गरेको आरोप समेत लगाएका छन्। उनीहरूका अनुसार प्रहरीले पिडकको पक्षमा काम गरिरहेको छ र ठक्कर दिने व्यक्तिलाई जोगाउन प्रयास भइरहेको छ।

यस विषयमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले भने, “दुर्घटना गराउने चालक र सवारी साधनलाई जसरी भए पनि खोजी गरी कानूनी कारबाहीको दायरामा ल्याउन हामी लागिपरेका छौं।”

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]