दुईवटा समूहले राजवंशी जातिलाई विभाजित गरी आपसी द्वन्द्व चर्काउँदै

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित आइतबार, कार्तिक ०४, २०८१

भद्रपुर / दुईवटा समूहले राजवंशी जातिलाई विभाजित गरी आपसी द्वन्द्व चर्काउँदै लगेपछि अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

राजवंशी समाज विकास समितिको नाममा समुदायलाई नै विभाजित पार्ने काम गरिरहेको भन्दै त्यस द्वन्द्वले समुदायलाई नै समाप्त पार्नसक्ने उनीहरुको चिन्ता हो ।
शनिवार भद्रपुरमा आयोजित कोच राजवंशी जातिको चिनारी र राजवंशी नेपाली शव्द संग्रहको विमोचन कार्यक्रममा बोल्दै अगुवाहरुले विवाद गरी अब मिल्नुको विकल्प नभएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीले दुईवटा समूहले राजवंशी समुदायकै बद्नाम गरिरहेको बताए । उनले दुईवटा समूहमा विभाजित हुँदा कसको कार्यक्रममा जाने कसको कार्यक्रममा नजाने भनेर आफूलाई समस्या भएको भन्दै अब ‘गर या मर’ को अबस्था आइसकेकोले गंभीर बन्न दुईवटै समूहलाई आग्रह गरे ।

राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल , पूर्व सहायक मन्त्री टेकनारायण राजवंशी ,कोशी प्रदेशसभा सदस्य निमसरी राजवंशी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सचिव कमलप्रसाद राजवंशी, राजवंशी समाज विकास सतितिका केन्द्रीय अध्यक्ष सुवन्तकुमार राजवंशी, भद्रपुर– ६ का वडा अध्यक्ष रतिया राजवंशी, भारत रायगञ्ज युनिभर्सिटीका भाइस चान्सलर प्रा.डा. दीपककुमार राय, भारत पश्चिम बंगाल कोचविहारका प्रमोद चौधरी बर्मनलगायतले मन्तव्य राखेका थिए ।

राजवंशी समाज विकास समितिका उपाध्यक्ष जितलाल राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सोहनलाल राजवंशीले गरेका थिए ।

प्रतिदिन पत्रिका बाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]