सप्तरीमा बस दुर्घटना, १ जनाको मृत्यु, २८ जना घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक ०४, २०८१

विराटनगर /पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरी जिल्लाको कञ्चनरुपमा आज बिहान भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना कञ्चनरुप नगरपालिका–२, बरमझियामा बिहान करिब ६:३० बजे भएको हो। उदयपुरको गाईघाटबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको स५प१५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस पल्टिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालले जानकारी दिएका छन्।

दुर्घटनामा धनकुटा निवासी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। मोटरसाइकल चालक, कञ्चनरुप–२ निवासी २५ वर्षीय सुमित पण्डितसहित अन्य २० जनाको उपचार धमेश्वर अस्पताल, रुपनगरमा भइरहेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बल वरमझियाको टोलीले तत्काल उद्धार गरी घाइतेहरुलाई अस्पताल पठाएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]