सुनसरी र झापामा लागुऔषधसहित ९ जना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

विराटनगर/सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ९ जनालई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका-६ हलेशी चौक स्थित हरिनगर गाउँपालिका-४ का २३ बर्षीय दिनेश रामलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १२ हजार २०० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको धरान उप- महानगर-१७ शान्ति टोल स्थित आफ्नै घरबाट लागुऔषध बिक्री बितरण गर्ने २९ बर्षीया सोफिया तामाङ र धरान-१४ का ४२ बर्षीय कमल कार्कीलाई अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले ५६० मिलिग्राम लागऔषध ब्राउन सुगर सहित कात्तिक ३ गते साँझ नियन्त्रणमा लिएको हो भने कात्तिक ३ गते राती धरान -८ भोटेपुल स्थितबाट ४० बर्षीय विनोद राईको घरमा ५६ बर्षीय राजेश क्षेत्री र २६ बर्षीय रोहित विश्वकर्मालाई वडा प्रहरी कार्यलय धरानको प्रहरी टोलीले ५ सय ७० मिलिग्राम लागऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीको पिकेट टोलीले कात्तिक ३ गते अपरान्ह शंकास्पद अवस्थामा हिडीरहेका अर्जुनधारा नगरपालिका -११ का १९ बर्षीय उमेश चौधरी र पाँचथरका १९ बर्षीय बिवस मगरको साथबाट लागुऔषध ट्रामाडोल ९० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको हो । यसका साथै लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले कात्तिक ३ गते राती साढे ९ बजे मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितबाट काभ्रेपलान्चोकका २६ बर्षीय होम कुमार मैनालीलाई १३ ग्राम लागऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]