उदयपुरमा श्रीमनले आगो लगाएर गरे अाफ्नै श्रीमतिको हत्या

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

विराटनगर /उदयपुरको बेलका नगरपालिका-८ का ४८ वर्षीय दानबहादुर राईले आफ्नी ४० वर्षीया श्रीमती पूर्णकुमारी राईमाथि पेट्रोल खन्याएर आगो लगाएको घटनामा पीडित महिलाको निधन भएको छ ।

घटना असोज २२ गते भएको थियो । घरयासी विवादको क्रममा दानबहादुरले श्रीमतीमाथि पेट्रोल खन्याएर आगो लगाएका थिए । गम्भीर घाइते भएकी पूर्णकुमारीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर सुमन बानियाले जानकारी दिए ।

घटनाको विषयमा प्रहरीले दानबहादुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । यस घटनाले समाजमा महिला हिंसाको गम्भीर समस्यालाई पुनः उजागर गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]