सार्वजनिक स्थान र फुटपाथमा फोहोर फ्यालेपछि…. 

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

विराटनगर / व्यक्तिको निजी जग्गा र फुटपाथमा फोहोर फ्याँलिरहेको अवस्थामा विराटनगर महानगरपालिकाको टोलीले ठेलासहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

विराटनगर–११ नयाँगुद्री दक्षिणस्थित सडक छेउको खाली जमिन र फुटपाथमा ठेलामा ल्याएको फोहोर फ्यालिरहेको अवस्थामा महानगरको सरसफाई शाखा र नगर प्रहरीको टोलीले विराटनगर–६ का मनोज सहनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । सहनी नयाँगद्रीमा फलफूल व्यवसाय सञ्चालन गर्दै आएका छन् । ठेला चालकलाई भने सम्झाएर छाडिदिएको सरसफाई शाखाका प्रमुख पुनम दाहालले जानकारी दिए । वडा सदस्य बलराम कारञ्जितले दिएको सूचनाका आधारमा महानगरको टोलीले फोहोर फ्याल्ने व्यक्तिलाई रंगेहात नियन्त्रणमा लिएको नगर प्रहरीका निरीक्षक राजन पौडेलले बताए ।

गुद्रीका व्यवसायीहरुले नयाँगुद्री दक्षिणस्थित खाली जमिन र फुटपाथमा फोहोर फ्याल्ने गरेको भन्दै स्थानीयले समेत महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए । स्थानीयको गुनासोपछि महानगरको टोलीले विशेष निगरानी बढाएको थियो । वडा सदस्य कारञ्जितले फोहोर फ्यालिरहेको देखेपछि तत्कालै महानगरको टोलीलाई खबर गरेका थिए । खबर पाउने बित्तिकै महानगरको टोली पुगेर ठेलासहित चालकलाई नियन्त्रणमा लिएको थियो । ठेला चालकको बयानपछि सहनीलाई महानगरको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको सरसफाई शाखाका किरण न्यौपानेको भनाइ छ । सार्वजनिकस्थलहरुमा फोहोर फ्याल्ने कार्यलाई निरुत्साहित गरी विराटनगरलाई सफा र सुन्दर बनाउन महानगरले विभिन्न ठाउँमा सिसी क्यामेरामार्फत पनि निगरानी गर्ने गरेको छ ।

सिसी क्यामेराको मद्दतबाट फोहोर फ्याल्नेलाई कारबाही प्रक्रियामा समेत ल्याइएको दाहालले बताए । दाहालका अनुसार सार्वजनिकस्थमा फोहोर फ्याल्नेलाई पहिलोपटक ५ देखि २५ हजार र दोस्रोपटक पनि फोहोर फ्यालेको भेटिए २५ हजारभन्दा माथि जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]