जनस्वास्थ्यकर्मी महासंघद्वारा अस्पतालको मेसु डा. राई कुटिएको घटनाको विरोध

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

विराटनगर /प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपाल कोशी प्रदेशले इनरुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष राईमाथि भएको आक्रमणको विरोध गरेको छ ।

गत शनिबार स्वास्थ्य कार्यलय, सुनसरीका प्रमुखसमेत रहेका डा. राईलाई उनको कार्यकक्ष भित्रै हातपात तथा अमर्यादित गाली गलोज भएको थियो । सो घटनाप्रति आपत्ती जनाउँदै प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशका इन्चार्ज अन्जना पोखरेल र अध्यक्ष एकराज खत्रीले एक विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।

‘अहोरात्र जनताको स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि अराजक व्यक्तिहरुबाट निरन्तर भई रहेका यस प्रकारका अमानवीय क्रियाकलाप, अभद्र व्यवहार तथा ज्यादतीको महासंघ घोर निन्दा एवंम भर्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

आक्रमण गर्नेहरू माथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि ऐन २०६६ (पहिलो संसोधन २०७९) तथा अन्य प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । ‘अमर्यादित गाली गलोज, हातपात तथा आक्रमण गर्ने माथि हदैसम्मको कारवाहि गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उचित न्याय दिलाई सुरक्षाको प्रत्याभुति सहित निर्वाध रुपमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै सरोकारवाला सँग प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । डाक्टर राईलाई बिरामीको उपचारमा लापरबाही गरेको भन्दै एक समूहले कार्यकक्षमै पुगेर आक्रमण गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]