मोरङ प्रहरी प्रमुखले शान्ति सुरक्षामा जोड दिने

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

विराटनगर / मोरङ्ग जिल्ला प्रहरी कार्यालय मोरङका नव नियुक्त प्रमुख एसपी नारायणप्रसाद चिमरियाले प्रहरीको काम सबैले देख्ने गरी पारदर्शी र प्रभावकारी बनाउने बताएका छन्। सोमबारदेखि जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका एसपी चिमरियाले बुधबार मोरङका सञ्चारकर्मीहरूसँगको भेटघाटमा शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए।

सञ्चारकर्मीहरूले नेपाल-भारत सीमान्त क्षेत्रका विभिन्न अवैध गतिविधिहरू जस्तै चोरी, तस्करी, लागूऔषध ओसारपसार, वेश्यावृत्ति, मसाज सेन्टरका अवैध क्रियाकलाप, जुवा तथा गाजा तस्करीलगायतका समस्याहरू उठाएका थिए।

प्रश्नहरूको जवाफमा एसपी चिमरियाले ती सबै अवैध गतिविधिहरू नियन्त्रण गर्न प्रहरी सतर्क रहेको बताउँदै, “हामी कामबाटै जवाफ दिनेछौं,” भनेका छन्। उनले मोरङका बासिन्दाहरूलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन गम्भीर भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]