

विराटनगर/ विराटनगर ठाकुरवाडी रोडस्थित रामजानकी सेवा सदनको नयाँ कार्यसमिति चयन भएको छ। समितिको अध्यक्ष पदमा विजय लखोटियालाई निर्विरोध निर्वाचित गरिएको छ।
लखोटियाको अध्यक्षतामा बनेको यस नयाँ कार्यसमितिमा गोपालप्रसाद गुप्ता र युगलकिशोर राठी उपाध्यक्ष चयन भएका छन्। महासचिवको जिम्मेवारी अशोककुमार सोमानीलाई दिइएको छ भने कोषाध्यक्षको पदमा तुलसी गोयल निर्वाचित भएका छन्। सचिवको जिम्मेवारी किशनलाल बोहरा र सुरेशकुमार अग्रवालले सम्हाल्ने छन्।
त्यस्तै, कार्यसमितिका सदस्यहरूमा प्रदिपकुमार अग्रवाल, सुरेन्द्रकुमार गोल्छा, हरिवंश राठी, रामअवतार अग्रवाल, दिलिपकुमार तोदी, निरञ्जन खेतान, सुरेशकुमार नौलखा, हेमन्तकुमार मारु, जगदीश डागा, साकेत राठी, र अरुण खेतान निर्वाचित भएका छन्।
रामजानकी सेवा सदनको यो कार्यसमिति दुई वर्षको कार्यकालका लागि चयन गरिएको हो।