भारततर्फ लैजान लागिएको १८२ किलोभन्दा बढी गाँजा बरामद

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०९, २०८१

विराटनगर/सुनसरीको बर्जु गाउँपालिका–३ स्थित टेङ्ग्रा खोला किनाराबाट सशस्त्र प्रहरी बल बिओपी (BOP) अमडुवाले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। १८२.८१ किलोग्राम गाँजा भारतीय बजारतर्फ लान लागिएको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी निरीक्षक प्रकाश विक्रम कार्कीको टोलीले सिमानाको उखुबारी हुँदै भारततर्फ लैजान लागिएको गाँजा बोकेका व्यक्तिहरूलाई फेला पारेको थियो। नम्बर ४ गण हे.क्वाटर, सुनसरीका अनुसार करिब ६ जना संख्यामा रहेका ती व्यक्तिहरूले गाँजा बोरा (पोकामा प्याक गरेर) टाउकामा बोकिरहेका थिए। प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करीमा संलग्न सबै व्यक्ति बोरा छाडेर फरार भएका थिए।

सशस्त्र प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]