विराटनगरमा बन्धक बनाइएकी चार वर्षीय बालिकाको सकुशल उद्धार

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, कार्तिक १०, २०८१

विराटनगर । तीन दिनदेखि बन्धक बनाइएकी चार वर्षीय बालिकालाई विराटनगर प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ। विराटनगर–९ भानुटोलका ३२ वर्षीय सुनिल सहनीले मंगलबारदेखि आफ्नै छोरीलाई बन्धक बनाएर घरभित्र थुनिरहेका थिए। सहनीले बालिकालाई केही खान नदिई बन्धक बनाएको र छोरीलाई मारिदिने धम्की समेत दिएका थिए।

शुक्रबार साँझ प्रहरीले सहनीलाई फकाएर कोठाको ढोकाबाट छोरीलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको हो। उद्धारका क्रममा सहनीको हातमा चक्कु रहेको र उनलाई सन्तुलित राखेर ढोकाको माथि पट्टिको खाली स्थानबाट बालिकालाई बाहिर निकालिएको प्रहरीले जनाएको छ।

उद्धारपश्चात बालिकालाई उनकी हजुरआमाको जिम्मा लगाइएको छ। सहनीकी श्रीमती वैदेशिक रोजगारीका लागि केही समयदेखि विदेशमा रहेकी छन्। बालिकालाई किन बन्धक बनाइएको हो भन्ने विषयमा प्रहरीले अझै अनुसन्धान गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]