नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिद्वारा दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक ११, २०८१

विराटनगर /नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको अवसरमा आइतबार विराटनगरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्ट, जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका प्रमुख संरक्षक महेश जाजु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह र विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा अतिथिको रूपमा सहभागी थिए।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले कार्यक्रममा शुभकामना दिँदै देशमा नयाँ भिजनको आवश्यकताको विषयमा जोड दिएका छन्। उनले सबैलाई मिलेर नयाँ भिजन बनाउन आग्रह गरे।

कार्यक्रममा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले वर्तमानमा राजनीतिक अविश्वास र व्यापारिक संकट बढ्दै गएको उल्लेख गर्दै चाड पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दा संकटबाट मुक्तिका लागि सकारात्मक परिणामको अपेक्षा व्यक्त गरे।

पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पनि देशमा आर्थिक संकटको गम्भीरतामा ध्यानाकर्षण गराउँदै यसलाई समाधान गर्न सबैले मिलेर प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए।

यसरी, कार्यक्रममा उठेका मुद्दाहरूले नेपालमा वर्तमानमा भइरहेका संकटहरूको यथार्थता र समाधानका लागि सामूहिक प्रयासको महत्त्वलाई दर्शाएका छन्।

उक्त अवसरमा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य महेश रेग्मी, जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य, विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख भुपालराज शाक्य, मोरङ प्रहरी प्रमुख नारायणप्रसाद चिमरिया, भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सचिव प्रविण जोशी लगायत उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, ट्रेड युनियनका पदाधिकारी र सञ्चारकर्मीहरू पनि उपस्थित थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]