छठ पर्वका लागि मल्लिक समुदाय सुप्पा बनाउने काममा ब्यस्त

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक १२, २०८१

सुनवर्षी/ रंगेली नगरपालिका–७ स्थित माझी टोल र मल्कालिक टोलमा बसोबास गर्दै आएका करिब ६० मल्लिक परिवार अहिले छठ पर्वका लागि आवश्यक ढक्की, सुप्पा, कोनिया, र ढालाजस्ता सामग्री बनाउन व्यस्त छन्। हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व नजिकिँदै गर्दा मल्लिक समुदायले तराईमा पाइने बाँसको चोयाबाट यी सामग्री निर्माण गर्ने परम्परागत कामलाई निरन्तरता दिएका छन्।

मल्लिक समुदायले विगतमा यही पेसाबाट राम्रो आम्दानी गर्दै आएका थिए। तर हालका वर्षहरूमा खुला सीमा र भारतबाट आउने सस्ता सामानहरूले उनीहरूको रोजीरोटी संकटमा परेको छ। “सस्तो मूल्यमा भारतीय सामग्री आउने हुँदा हाम्रो व्यवसायलाई ठूलो असर परिरहेको छ,” स्थानिय व्यवसायी दिनेश मल्लिकले बताए।

सामग्री निर्माणमा बाँसको उच्च मूल्य र काम गर्दा हात, खुट्टा, तथा कान घोचिने समस्या हुने भए पनि मल्लिक समुदायले आफ्नो पुर्ख्यौली पेसा संरक्षण गर्दै आइरहेका छन्। स्थानीय मल्लिक महिला, रुबी कुमारी मल्लिकका अनुसार, छठ पर्वका लागि आवश्यक सामग्री तयारी गरी उनीहरू रंगेली, कर्सिया, दोहमाना, र डाईनिया बजारमा बिक्री गर्दै आएका छन्।

मल्लिक समुदायका अनुसार, एक दिनमा १० देखि १५ वटा सुप्पा बनाउन सकिन्छ, जसमा एक बाँसबाट ५ देखि ६ वटा सामग्री तयार हुन्छन्। छठ पर्वका लागि एक सुप्पाको मूल्य १०० रुपैयाँ र ढक्कीको मूल्य ३०० देखि ३५० रुपैयाँ तोकिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]