कोशी प्रदेशमा ‘१२ गाउँ’ सिनेमाको टोलीको आगमन, विराटनगर र इटहरीमा दर्शकसँग साक्षात्कार

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक १२, २०८१

विराटनगर/ चलचित्र ‘१२ गाउँ’ को टोली भोलि मंगलबार कोशी प्रदेशको विराटनगर र इटहरीमा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न आउँदै छ। निर्माता, निर्देशक तथा प्रमुख कलाकार बिराज भट्टको नेतृत्वमा रहेको टोली अहिले विभिन्न स्थानमा दर्शकसँग साक्षात्कारको क्रममा रहेको छ।

आज सोमबार दिउँसो १ बजे झापाको बिर्तामोडमा रहेको क्युएफएक्स सिनेमाज र ४ बजे दमकको डिमेक्स सिनेमाजमा दर्शक भेटघाट कार्यक्रम सम्पन्न गरिसकेपछि, टोली धरानतर्फ जानेछ। धरानको फ्रेन्ड्स सिनेमाजमा आज साँझ ६:३० बजे कार्यक्रम हुनेछ। धरान भ्रमणपछि टोली इटहरी र विराटनगर पुग्नेछ। भोलि मंगलबार दिउँसो १ बजे इटहरीको इलाइट सिनेमा घरमा, २:३० बजे विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा र ३:३० बजे सिटी सिनेमामा भेटघाट कार्यक्रम आयोजना गरिएको छ।

दशैंको फूलपातीका दिन असोज २४ गतेदेखि रिलिज भएको यो सिनेमा दर्शकमाझ निकै लोकप्रिय रहेको छ। ‘१२ गाउँ’ ले तेस्रो हप्तासम्म पनि दर्शकको माया पाउँदै उत्साहजनक व्यापार गरिरहेको छ। छक्कापञ्जा ५, ज्वाइँ साप, र ‘१२ गाउँ’ एकैसाथ प्रदर्शनमा आएका थिए। तीमध्ये छक्कापञ्जा ५ ले सबैभन्दा धेरै शो पाए पनि, ‘१२ गाउँ’ ले पनि राम्रो व्यापार गरेको छ।

एक्सन जनरामा आधारित यो सिनेमाको कथा सन्तोष सरकारले लेखेका हुन् भने निर्देशन बिराज भट्टले गरेका छन्। फिल्ममा बिराज भट्टसँगै उनका छोरा समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, र दीया मास्केजस्ता कलाकारहरूको अभिनय छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]