

विराटनगर / विराट व्यापार संघ, विराटनगरले सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा नं. ४ स्थित एक विपन्न परिवारलाई २० हजारभन्दा बढी रकम बराबरको खाद्यान्न सामग्री प्रदान गरेको छ। हालै निधन भएकी स्व. भगवती पाल गडेरीप्रति हार्दिक समवेदना व्यक्त गर्दै संघले किरियामा बसेका परिवारलाई राहत स्वरूप खाद्यान्न सहयोग गरेको हो।
स्व. पालको केही दिनअघि मृत्यु भएको थियो, जसका कारण किरियामा रहेका परिवारलाई खानाको अभाव भइरहेको जानकारी पाएपछि संघको टोली कात्तिक ११ गते आइतबार मृतक परिवारको घरमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।
राहत सामग्री वितरण गर्न विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा, वरिष्ठ उपाध्यक्ष प्रमोदकुमार जिन्दल, उपाध्यक्ष शरद श्रेष्ठ, प्रविण अग्रवाल, मनोहर कार्की, सरस्वती ओझा, महासचिव करिण ढुंगेल, उपमहासचिव श्यामलाल पौडेल (भवेष), कोषाध्यक्ष सुनिता गुरुङ (सोनु), सहकोषाध्यक्ष अशोक पौदार, महिला उद्यम समितिका संयोजक सम्झना पौडेल, कार्यकारी अधिकृत धरणीधर निरौला, र कार्यालय सचिव कृष्ण गौतमको टोली बर्जु गाउँपालिकामा पुगेको थियो।
संघले यस प्रकारका सहयोगले विपन्न परिवारलाई संकटको समयमा राहत मिल्ने विश्वास व्यक्त गरेको छ।