सुनसरीमा ठूलो परिमाणमा अवैध गाँजा बरामद, ट्रकसहित ३४० किलो गाँजा नियन्त्रणमा

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, कार्तिक १७, २०८१

विराटनगर/नेपाल प्रहरीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–७ हरीपुरमा ठूलो मात्रामा अवैध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भाण्टावारी र अस्थायी प्रहरी पोष्ट हरिपुरको टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रक (प्रदेश १–०२–००२ ख ०४१४) मा लुकाएर राखिएको ३४० किलो गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार, शंका लागि ट्रक रोकेर जाँच गर्दा चालक भने गाडी छाडेर फरार भएका थिए। प्रहरीले उक्त ट्रकको छतमा फल्स बटम बनाई लुकाइराखेको अवस्थामा गाँजा भेटेको जानकारी दिएको छ।

यस घटनासँग सम्बन्धित अनुसन्धान अघि बढाइएको र फरार चालकको खोजी जारी रहेको सुनसरी प्रहरी कार्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]