छुरा प्रहार गरेर भाग्दै गर्दा दुर्घटनामा परेका युवक घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

विराटनगर /झापाको दमकमा एक व्यक्तिलाई छुरा प्रहार गरी भाग्दै गर्दा स्कुटी दुर्घटनामा परेर घाइते भएका २९ वर्षीय एजात अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार धरान–३ का एजात अहमदले सोमबार दिउँसो १२:५० बजे दमक नगरपालिका–७ बस्ने २७ वर्षीय सोनु अहमदमाथि छुरा प्रहार गरेका थिए। घटना दमक–६ नमुना मार्गमा अवस्थित नमुना सटिङ सुटिङ टेलर्समा भएको थियो, जहाँ लेनदेनको विवादका क्रममा एजातले धारिलो हतियारले सोनुको पेटमा बाँया पट्टि प्रहार गरेका थिए।

घाइते सोनुलाई लाइफलाइन अस्पताल दमकमा प्राथमिक उपचारपछि बीएण्डसी अस्पताल बिर्तामोड र त्यसपछि धरान पठाइएको छ।

छुरा प्रहारपछि एजात स्कुटी (प्रदेश न.१–०२–०४५ प ६३१९) मा भाग्दै गर्दा दमक नगरपालिका–६ गणतन्त्र चोकमा स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा बाँया खुट्टामा चोट लागेको डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए। घाइते एजातको निम्स अस्पताल दमकमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]