रवि लामिछानेको हिरासत अवधि १० दिन थप, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

विराटनगर/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेसहित पाँच जनालाई हिरासतमा राख्ने म्याद थप गरेको हो। यो म्याद कात्तिक १५ गतेदेखि गणना हुने गरी कात्तिक २४ गतेसम्म लागू हुनेछ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई पनि १० दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ। उनीहरूलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण र सोसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मामिलामा संलग्न भएको आरोपमा अनुसन्धान भइरहेको छ।

रवि लामिछानेलाई कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरी कास्की ल्याइएको थियो। सुरुमा ६ दिनको म्याद थप गरी अनुसन्धान गरिएको थियो भने त्यसपछि अदालतले ७ दिनको म्याद थप गरेको थियो। कात्तिक १४ मा म्याद समाप्त भए पनि तिहार बिदाका कारण मंगलबार उनलाई अदालतमा उपस्थित गराइएको हो।

लामिछानेसहित अन्य अभियुक्तहरूविरुद्धको अनुसन्धान जारी रहँदा रास्वपाका समर्थकहरूले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]