छठ मनाउन नेपाल आएका कैदी विनायक कुमार यादव पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक २३, २०८१

विराटनगर/कारागारबाट दुई पटक भागेका फरार कैदी विनायककुमार यादव छठ पर्व मनाउने क्रममा नेपाल–भारत सीमाबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यादवलाई सुनसरीको कोशी गाउँपालिका–८ पथरचट्टानमा पक्राउ गरिएको हो। छठ मनाउन भारतको बिहार हुँदै नेपाल आउँदै गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउको क्रममा यादव भाग्न खोजेकाले नियन्त्रणमा लिन एक राउण्ड गोलीसमेत चलाएको जनाएको छ। भाग्ने क्रममा लडेर उनी घाइते भए पनि गोली भने लागेको छैन। सुनसरी प्रहरीले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका यादवमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

विनायककुमार यादव कर्तव्य ज्यान र हातहतियार मुद्दामा जिल्ला अदालत सुनसरीबाट २० वर्ष ८ महिना १४ दिनको सजाय पाएका थिए। उनी २०६९ साल असोज २३ गते झुम्का कारागारबाट सुरुङ खनेर भागेका थिए। त्यसक्रममा बंगलादेशी नागरिक सुव्रत बेन र भारतीय अपराधी धिरेन्द्र यादवसहित १२ जना कैदी फरार भएका थिए।

झुम्का कारागारबाट भागेपछि केही समयपछि सप्तरी प्रहरीले यादवलाई पक्राउ गरेको थियो। उनलाई पुनः सिन्धुपाल्चोक कारागारमा राखिएको थियो, तर त्यहाँबाट पनि उनले २०७२ साल वैशाख १२ गते भूकम्पको मौका छोपी भाग्न सफल भएका थिए। प्रहरीका अनुसार झुम्का कारागारबाट भागेका १२ जनामध्ये हालसम्म नेपाल र भारतमा गरी ७ जना मात्रै पक्राउ परेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]