हल्दिबारीमा रहेकाे नेपाल क्लिनिकको शौचालयमा नवजात शिशु मृत अवस्थामा फेला

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित शनिबार, कार्तिक २४, २०८१

हल्दिवारी / हल्दिबारी वडा नम्बर – १ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा आज शनिबार दिउँसो मृत शिशु फेला हो ।

प्रारम्भिक अनुसन्धान अनुसार, शिशुलाई शौचालयमा जन्माएर त्यहाँ फालेर महिला भागेको हुनसक्ने आशंका गरिएको छ।

सिसिटिभी फुटेजमा एक महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसिरहेको देखिएको छ । त्यही आधारमा महिला पहिचान गरिन सक्ने संभावना छ, र प्रहरीले ती महिलाको खोजी सुरु गरेको छ ।

यस घटनामा महिला को हुन, उनी किन यस्तो कार्यमा संलग्न भइन् भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]