

हल्दिवारी / हल्दिबारी वडा नम्बर – १ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा आज शनिबार दिउँसो मृत शिशु फेला हो ।
प्रारम्भिक अनुसन्धान अनुसार, शिशुलाई शौचालयमा जन्माएर त्यहाँ फालेर महिला भागेको हुनसक्ने आशंका गरिएको छ।
सिसिटिभी फुटेजमा एक महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसिरहेको देखिएको छ । त्यही आधारमा महिला पहिचान गरिन सक्ने संभावना छ, र प्रहरीले ती महिलाको खोजी सुरु गरेको छ ।
यस घटनामा महिला को हुन, उनी किन यस्तो कार्यमा संलग्न भइन् भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ ।