द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर हिजो फरार भएकी महिलालाई पक्राउ

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित आइतबार, कार्तिक २५, २०८१

हल्दिवारी / हल्दिवारी वडा नम्बर – १ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर हिजो फरार भएकी महिलालाई प्रहरीले पहिचान गरेको छ ।

सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको हो । उनी बिर्तामोड वडा नम्बर – १० की भएको बताइएको छ । मृत शिशुको पोस्टमार्टम भइनसकेकाले ती महिलालाई प्रहरीले निगरानीमा राखेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि उनीमाथि कार्वाही गर्ने जनाइएको छ ।

सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ । हिजो दिउँसो २.३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]