कालीकोटमा बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु, १० भन्दा बढी घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक २५, २०८१

विराटनगर / कालीकोट जिल्लाको पलाता गाउँपालिका-३, राडुकाप्रेमा भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गएको छ। दुर्घटनामा परी १० जनाभन्दा बढी घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको छ भने गम्भीर अवस्थाका केहीलाई थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बोलेरो गाडी अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो। घटनाको थप विवरण संकलन गर्ने कार्य भइरहेको

छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]