एसपीपी सम्झौता अगाडि बढाउन ओली नेतृत्वको सरकार लागिपरेको आरोप: प्रचण्ड

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक २५, २०८१

विराटनगर/ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको गठबन्धन सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अघि बढाउन खोजेको आरोप लगाएका छन्। माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले आइतबार मकवानपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ओली सरकारमाथि गम्भीर आरोप लगाएका हुन्।

प्रचण्डले भने, “एसपीपीलाई अहिलेको प्रधानमन्त्रीले अघिल्लो कार्यकालमा नै सैद्धान्तिक सहमति दिएको कुरा अमेरिकी मिडियामा आएको छ, जुन गम्भीर चिन्ताको विषय हो। के सरकार आफ्नो कुर्सी जोगाउन राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्दैछ? यो राष्ट्रप्रति घात हो कि?”

एसपीपीमार्फत अमेरिकाले विभिन्न देशहरूसँग सैन्य सम्पर्क स्थापना गर्दै आएको छ। अमेरिकाको सुरक्षा नीतिसँग सम्बन्धित यस सम्झौतामा नेपालका धेरै राजनीतिक दल, बौद्धिक वर्ग, नागरिक समाज तथा नागरिक तहबाट नै विरोध भइरहेको छ। एसपीपी सम्झौताले नेपाललाई अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धामा तान्न सक्ने भन्दै यस विषयमा थप छलफल आवश्यक रहेको राजनीतिक दलहरूको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]