विराटनगरमा २०२४ डिसेम्बरमा अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन आयोजना हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक २५, २०८१

विराटनगर / विराटनगरमा आगामी २०२४ डिसेम्बर २० र २१ (२०८१ साल पुस ५ र ६) गते अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलन आयोजना हुने भएको छ। विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजना हुन लागेको यस कार्यक्रमको आयोजना आभा फाउण्डेसन नेपाल र राष्ट्रिय कला सेवा संस्थान भारतले संयुक्त रुपमा गर्ने भएका छन्।

आयोजक संस्थाले आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय कवि एवं सांस्कृतिक सम्मेलनको बारेमा जानकारी दिएका हुन्। आभा फाउण्डेसन नेपालकी अध्यक्ष आभा अनुपमा, राष्ट्रिय कला सेवा संस्थान भारतका अन्तर्राष्ट्रिय संयोजक अरविन्द श्रीवास्तव र आइडियल जर्नालिस्ट एसोसिएसन भारतका राष्ट्रिय महासचिव संजयकुमार पाण्डेले कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए।

सम्मेलनमा नेपाल र भारतको परम्परागत पोशाकलाई प्रस्तुत गर्दै विशेष फेशन सो समेत आयोजना गरिने अध्यक्ष आभा अनुपमाले बताइन्। यसका साथै, नेपाल र भारतसहित विश्वका विभिन्न देशका कविहरू सम्मेलनमा सहभागी हुनेछन्।

सम्मेलनमा भारतका चर्चित भोजपुरी स्टार रवि किशनसहित दर्जनौँ भोजपुरी कलाकारहरूको उपस्थिति रहनेछ। दुई दिनसम्म चल्ने यो कार्यक्रममा नेपाल र भारतका संस्कृतिलाई जोड्ने विविध कार्यक्रम प्रस्तुत गरिनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]