हल्दिबारीका सुमन मर्डिको मोटरसाइकल दुर्घटनामा मृत्यु

Logo
ग्रामीण सहकर्मी /झापा प्रकाशित सोमबार, कार्तिक २६, २०८१

हल्दिबारी / हल्दिबारि नगरपालिका वडा न.१० त्रिवेणी टोल स्थित धनुष मोडमा मोटरसाइकल दुर्घटनामा परेका हल्दिबारीका एक युवाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका वडा नं. १० स्थित धनुष मोडमा २०८१ सालको कार्तिक १८ गते साँझ १९:१५ बजे मे ६ प ३०७७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा हल्दिबारी गाउँपालिका वडा नं. २ का २१ वर्षीय सुमन मर्डी गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै प्रदेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको थियो।

घाइतेको अवस्था गम्भीर हुँदै गएकाले सोही दिन राति २१:३० बजे बिर्तामोडको B&C अस्पतालमा रिफर गरिएको थियो। थप उपचारको लागि कार्तिक २३ गते उनका आफन्तहरूले उनलाई भारततर्फ लग्न खोजे तर उपचार सम्भव नभएको जनाउँदै उनलाई पुनः घरमा ल्याइएको थियो। त्यसपछि २५ गते न्युरो अस्पताल, विराटनगरमा सामान्य उपचार गराई पुनः घरमै राखिएको अवस्थामा हिजो २६ गते राति १२:३० बजे सुमन मर्डीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]