झापाको कमल गाउँपालिकामा आगलागी

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित सोमबार, कार्तिक २६, २०८१

झापा / आज दिउँसो भएको आगलागीबाट झापा कमल गाउँपालिका वडा न.१ गडुमारी बस्ने खगेन्द्र थापाको घर जलेर नष्ट भएको छ ।

दिउँसो ३.५० बजे थापाको बाँसको भाटाको टाटीबेरा, टिनको छानो भएको भुइँ घरमा अचानक आगलागी भएको हो । आगलागीबाट घर र घरमा भएको नगद ५० हजार, भाडावर्तन, अन्नपात, लताकपडा गरी अन्दाजी ३ लाखबराबरको क्षति भएको छ ।

उक्त आगो प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र कमल गाउँपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिदिन अनलाइन पत्रिका वाट जस्ताकाे तेस्तै साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]