झापामा गर्भपतनपछि शिशु फालेर फरार भएकी महिला पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक २६, २०८१

विराटनगर /झापाको हल्दिवारी गाउँपालिका–१, गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा गर्भपतन गरी नवजात शिशुलाई त्यहीँ छोडेर फरार भएकी एक महिला पक्राउ परेकी छिन्। बिर्तामोड निवासी ३५ वर्षीय ती महिलालाई आइतबार दिउँसो २ बजे प्रहरीले घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा लगेको डिएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

प्रहरीका अनुसार, ती महिला अवैध सम्बन्धका कारण गर्भवती भएकी थिइन्। शिशुको पिताको नाम खुलाउन नमाने पनि गोलधापका व्यक्तिसँग सम्बन्ध रहेको उनले स्वीकारेकी छिन्। शनिबार बिहान पेट दुखेको भन्दै सिटी सफारीमा डाइग्नोस्टिक सेन्टर पुगेकी ती महिलाले इन्जेक्सन लगाएर गर्भपतन गराइन्। त्यसपछि शौचालयमा गएर अन्दाजी ७ महिनाको शिशुलाई छोडेर उनी भागेकी थिइन्। शिशुलाई मृत अवस्थामा फेला पारिएको थियो र जन्मेको बेला जीवित वा मृत रहेको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

सीसीटीभी फुटेजको आधारमा ती महिलाको पहिचान गरी पक्राउ गरिएको हो। महिलालाई झापा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइएको छ। डिएसपी चन्दका अनुसार, घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउने तयारी गरिएको छ। साथै, गर्भपतन गराउने डाइग्नोस्टिक सेन्टरका सञ्चालक सुजन घिमिरेमाथि पनि निगरानी राखिएको छ।

प्रहरीले घटनामा संलग्न सबै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन अनुसन्धान जारी राखेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]