नेपालको यू-१९ महिला क्रिकेट टोली पहिलोपटक विश्वकपमा छनोट

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक २८, २०८१

विराटनगर/नेपालको यू-१९ महिला क्रिकेट टोलीले ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलोपटक आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा स्थान बनाएको छ। बुधबार सम्पन्न एसियाली छनोटको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपालले विश्वकपका लागि आफ्नो यात्रा तय गरेको हो।

नेपालले यूएईलाई नेटरनरेटमा पछि पार्दै विश्वकपमा प्रवेश पाएको हो। यस खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै यूएईलाई केवल ८३ रनमा सीमित राखेको थियो, जसले गर्दा जितको आधार अझ बलियो बनेको थियो। यो उपलब्धिले नेपाली महिला क्रिकेटको इतिहासमा एक महत्वपूर्ण कोशेढुंगा थपेको छ, जसले आगामी दिनमा महिला क्रिकेटको विकासलाई थप बल दिने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]