परियार सेवा समाजको कोशी प्रदेश सम्मेलन ईटहरीमा हुँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, कार्तिक २९, २०८१

विराटनगर ।परियार बन्धुहरुको एकता र हितमा क्रियाशिल परियार सेवा समाजको प्रथम कोशी प्रदेश सम्मेलन सुनसरीको ईटहरीमा हुने भएको छ ।

समाजको कोशी प्रदेश तदर्थ समितिको बुधबार मोरङको बेलबारीमा सम्पन्न बैठकले आगामी मंसिर १ र २ गते ईटहरीको गंगा जमुना होटलमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

समाजले कोशी प्रदेश सम्मेलन सम्पन्न गर्न केन्द्रिय सचिव सुमन सिंह परियारलाई प्रतिनिधिका रूपमा खटाएको छ भने प्रमुख अतिथिका रूपमा संस्थापक कोषाध्यक्ष एवम् पुर्व राजदुत पदम सुन्दाश सहभागी हुने बताईएको छ ।

सम्मेलनमा कोशी प्रदेशका १४ जिल्लाका प्रदेश प्रतिनिधिहरु , केन्द्रिय पदाधिकारी तथा सदस्यहरु , जिल्ला समितिका पदाधिकारी , परियार समुदायबाट निर्वाचित संघ , प्रदेश तथा स्थानीय पालिकाका जनप्रतिनिधि तथा शुभचिन्तकहरु सहभागी हुनेछन् ।

२०५२ सालमा स्थापित समाजको पाँचौ राष्ट्रिय सम्मेलन गत असोज ५ र ६ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले अवकाशप्राप्त मेजर बलबहादुर सुन्दासको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको थियो ।

काठमाडौंमा केन्द्रिय कार्यालय रहेको समाजले देशैभरिका परियारहरुलाई एकताबद्द गरि कला, सीप र व्यवसाय प्रवर्धनमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]