पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल ठक्कर: पैदलयात्रीको मृत्यु, चालक घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर ०१, २०८१

विराटनगर / पूर्व–पश्चिम राजमार्गको मेचीनगर नगरपालिका वडा नं. १० स्थित चारआलीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ। शुक्रबार साँझ ६:२० बजे मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका ५५ वर्षीय इन्द्रबहादुर गुरुङलाई ठक्कर दिएको थियो।

इलामको रोङ गाउँपालिका वडा नं. ३ कोल्बुङ निवासी गुरुङ गम्भीर घाइते अवस्थामा उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका छन्। मृतकका छोरा शुक्रराज गुरुङले अस्पतालमा पुगेर शवको सनाखत गरेका छन्।

दुर्घटनामा मोटरसाइकल चालक, मेचीनगर नगरपालिका वडा नं. ७ का ५२ वर्षीय गणेश राजवंशी पनि घाइते भएका छन्। हात, खुट्टा, अनुहार र मुखमा चोट लागेका राजवंशीको बीएण्डसी अस्पतालमा उपचार भइरहेको झापा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]