सामाजिक सहकारीको तेह्रौं साधारणसभा सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर ०१, २०८१

विराटनगर / विराटनगर—१५ स्थित सामाजिक बचत ऋण तथा सहकारी संस्था लिमिटेडले असल बचतकर्ता र ऋणीहरुलाई सम्मान गरेको छ ।

शनिबार १३ औं वार्षिक साधारणसभाको अवसर पारेर सहकारीले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा यादवकुमार खड्का, सलाउँदिन मिया, संस्कार गिरी, युएन साह, शीला चौधरी, अनिल महतो र शोभा देवीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आयोजक संस्थाका अध्यक्ष मित्रलाल गिरीलगायतले सम्मान गर्नुभएको थियो ।

नियमित बचत गर्ने र ऋणको साँवा र ब्याज तोकिएको समयभित्र तिर्नेहरुमध्येबाट उत्कृष्ट छनौट गरेर सम्मान गरिएको सहकारीका अध्यक्ष गिरीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी आन्दोलन नै बदनाम भएको बताउनुभयो । उहाँले बैंक र वित्तीय संस्थाको पहुँच नपुगेका स्थानमा सहकारीहरुले आमजनतालाई वित्तीय सेवा प्रदान गरिरहेको चर्चा गर्नुभयो ।

गलत गर्ने सहकारीलाई कारबाही दायरामा ल्याउने उहाँको भनाइ थियो । महानगरमा सहकारी मात्रै हेर्ने छुट्टै शाखा रहेको चर्चा गर्दै हरेक सहकारीका कामकारबाहीलाई महानगरले सूक्ष्म रुपमा हेरिरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सचिव फरियाज, विराटनगर १५ का वडाध्यक्ष प्रकाश साह, जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । २०६८ सालमा स्थापित सो सहकारीमा ४४८ जना शेयर सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]