मोरङ कारागारमा कैदीको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०२, २०८१

विराटनगर/ विराटनगरस्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका कैदी महानन्द राय अमातको मृत्यु भएको छ। विराटनगर–८ निवासी ५५ वर्षीय अमातको आइतबार बिहान उपचारका क्रममा निधन भएको हो।

जेलर चेतराज बरालका अनुसार अमातलाई दुवै खुट्टामा घाउ आएर पाकेपछि गत कात्तिक २१ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो। आईसीयूमा उपचाररत रहँदा उनको मृत्यु भएको हो।

अमातलाई जिल्ला अदालत मोरङले ‘‘घर भाडा दिलाइ घर खाली गराइ पाउँ’’ भन्ने मुद्दामा दोषी ठहर गर्दै गत असोज १३ गते दुई वर्ष कैद सजाय तोकेको थियो।

कारागार प्रशासनले मृतकका परिवारलाई घटनाबारे जानकारी गराइसकेको छ। यस घटनाले कारागारभित्र स्वास्थ्य सेवा र सुविधा सम्बन्धी प्रश्न उठाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]