विराटनगर किङ्ग्सको गुडविल एम्बेसडर बने दयाहाङ राई

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०२, २०८१

विराटनगर । विराटनगर किंग्सको गुडविलले चर्चित अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो ।

ब्राण्ड एम्बेसेडरको रूपमा विराटनगर किङ्ग्समा आबद्ध भई राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् । उनले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘बिराटनगर किङ्ग्सको लागि यो एउटा नयाँ आयाम हो । बिराटनगर किङ्ग्सले यो अवसर दिएकोमा धेरै धेरै धन्यवाद । टिमसँग जोडिन पाउँदा निकै खुसी लागेको छ । क्रिकेटले हामी सबैलाई धेरैसँग जोडेको छ । क्रिकेटले नेपाललाई विश्वसँग नै जोडेको छ ।’

साथै उनले क्रिकेटले गर्दा नेपाली खेलहरुलाई नजिकबाट बुझेको बताए । उनले खेलले नै हामी सबैलाई ठूलो धैर्यता सिकाएको बताए । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]