देवानगञ्ज गाउँपालिका वडा नम्बर-६ मा अनलाइन दर्ता चलानी प्रणालीको सुरुवात

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०२, २०८१

विराटनगर/ देवानगञ्ज गाउँपालिका वडा नम्बर-६ मा आइतबारदेखि अनलाइन दर्ता चलानी प्रणालीको औपचारिक सुरुवात गरिएको छ। नयाँ प्रणालीमार्फत वडा कार्यालयका प्रशासनिक कामहरू डिजिटल माध्यमबाट दर्ता, निवेदन, तथा अन्य प्रक्रिया व्यवस्थित गरिनेछ।

वडा अध्यक्ष हरिनन्दन मेहताले यो कदमले प्रशासनिक कामलाई छिटो, सरल, र पारदर्शी बनाउने बताएका छन्। उनले भने, “अब सेवाग्राहीले आफ्नो काम अनलाइनबाटै दर्ता गर्न सक्नेछन्। चलानी प्रक्रियामा हुने ढिलासुस्ती हट्नेछ र सेवाको पारदर्शिता सुनिश्चित हुनेछ।”

नयाँ प्रणाली लागू गर्न कर्मचारीहरूलाई तालीम प्रदान गरिएको र सेवाग्राहीलाई आवश्यक परामर्श उपलब्ध गराउने व्यवस्था मिलाइएको वडा कार्यालयले जनाएको छ।

स्थानीयवासीहरूले अनलाइन प्रणालीलाई सकारात्मक रूपमा लिँदै यसले सेवामा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। एक स्थानीय बासिन्दाले भने, “अब कार्यालयका झन्झटिलो प्रक्रियाहरूमा समय खेर नजाने भयो। डिजिटल प्रणालीले गाउँपालिकाको छवि पनि सुधार गर्नेछ।”

यस कदमले डिजिटल नेपाल अभियानलाई सघाउनुका साथै स्थानीय तहमा प्रविधिको उपयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। देवानगञ्ज गाउँपालिका वडा नम्बर-६ मा यो प्रणाली लागू हुनु, डिजिटल युगतर्फको एक महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]